See All Breaking News, politics, sports, arts and blogs from Nepal. Ngawang Tenji Sherpa.
Sunday, October 3, 2010
प्रधानसेनापति बेलायत प्रस्थान
काठमाडौ, आश्विन १७ - प्रधानसेनापति छत्रमान सिंह गुरुङ आइतबार बिहान बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाका सेनाध्यक्षको निमन्त्रणामा सेनापति गुरुङ, पत्नि कमला, उपरथी नेत्र बहादुर थापा र प्रमुख सेनानी शिवसंकर गुरङका साथ त्यसतर्फ प्रस्थान गरेका हुन् । १० दिने बेलायत बसाइका क्रममा गुरुङले बेलायती समकक्षी जनरल सर्र पिटर वालसँग भेटवार्ता गर्ने साथै उनको सम्मानमा राखिएको रात्री भोजमा समेत सहभागी हुनेछन् । यस्तै बेलायतको हार्स गार्डर् परेडमा फस्ट बटालियन जेन्डर गार्डले उनको सम्मान गर्ने नेपाली सेनाले जनाएको छ । सेनापति गरुङले गोर्खा संग्राहलय, गोर्खाजको मुख्यालय, बेलायती डिफेन्स एकेडेमी, लण्डन स्थित नेपाली राजदुतावास लगायत भ्रमण गर्नेछन् । बेलायतले नेपाली सेनालाई तालिम तथा बन्दोबस्तीका सामाग्री सहयोग गर्दै आएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment