काठमाडौ, आश्विन १७ - संविधानसभामा प्रतिनिधित्व गर्ने १६ वटा साना दलहरुले शान्ति प्रक्रिया,संविधान र सरकार निर्माणका विषयमा दलहरुबीच सहमति भएपछि मात्र नयाँ प्रक्रियमा जानुपर्ने बताएका छन् । सभामुख सुवास नेम्वाङसंग आइतबार भेट गरेर ती दलका नेताहरुले पूर्व सहमतिपछि मात्र संसदमा प्रधानमन्त्री चयनका लागि नयाँ प्रक्रियाको थालनी गर्न आग्रह गरेका हुन् ।
माओवादी र एमालेले नयाँ प्रक्रियमा जान सभामुखलाई दवाब दिइरहेका बेला साना दलहरुबाट यस्तो आग्रह भएको छ । आधारभूत विषयहरुमा बुँदागत रुपमा पूर्व सहमति हुनुपर्ने सानादलहरुले भनेका छन् । राष्ट्रिय जनशक्ति पार्टीका सह अध्यक्ष प्रकाशचन्द्र लोहनी,नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी,समाजवादी पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह सहित माले र परिवार दलका नेताहरु सभामुखलाई भेटेका थिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएपछि एक्ला उम्मेदवार काँग्रेस नेता रामचन्द्र पौडेललाई उम्मेदवारी फिर्ता लिएर अर्को प्रक्रियमा प्रवेश गर्न दवाब परिरहेको छ । काँग्रेसले शनिबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री को हुने देखि शान्ति र संविधान लगायत विषयमा प्याकेजमा सहमति भएपछि मात्र उम्मेदवारी फिर्ता लिने बताएको थियो । यसअघि नै काँग्रेसको उक्त अडानमा साना १६ दलले समर्थन जनाएको थियो ।
Ngawang Tenji Sherpa
No comments:
Post a Comment