Monday, September 13, 2010

माओवादी लचिलो भएकोले छिट्टै सहमति हुने: प्रधानमन्त्री

काठमाडौं २८ भाद्र

कामचलाउ सरकारका प्रधानमन्त्री माधबकुमार नेपालले अनमिनको म्याद थप र कार्यादेशको विषयमा माओवादी लचिलो भएकोले छिट्टै सहमति हुने बताउनुभएको छ । सोमबार कोटेश्वरस्थित निजी निबासमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले उक्त कुरा बताउनुभएको हो । उहाँले अनमिनको कार्यादेश र समयावधिको विषयमा एकीकृत नेकपा माओवादीसँग सहमति चाँही भइनसकेको बताउदै केही विषयमा कुरा मिल्न अझै बाँकी रहेको र सहमति नभई अनमिनको म्याद नथप्ने बताउनुभयो ।

No comments:

Post a Comment